युनिभर्सिटिका पहिला दिनहरु
सबैजस्तै म पनि हजार सपनाहरु बोकेर नेपालबाट हिँडेको केटो थिएँ । लामो समय वनपाखा, डाँडाँकाँडाँ, फरक ऋतुहरु, धूलोधूँवा, कोलाहल, साथीभाइ छरछिमेक, अनि पारिवारिक माहोलमा हुर्किएको थिएँ म । अर्कोपट्टि भने निकै फरक छ भन्ने सुनेको थिएँ । ठूलो विमानमा यात्रा गर्न लागेको मेरो पहिलो चोटि थियो । म जान लागेको विश्वविद्यालयमा के भयो भनेर चाहिँ केही समयपछि गन्थनमन्थन गर्नेछु । स्कुल पढ्दा अचम्मको बानी लागेको थियो । नेपाली भएर प्रायः हामीलाई शुद्धसँग नेपाली लेख्न नआउने अनि अङ्ग्रजी बोल्न नजान्ने । आउँथ्यो त ठ्याक्कै त्यसको उल्टो, फरररर नेपाली बोल्ने र फिलिलिलि अङ्ग्रेजी लेख्ने । त्यो कमजोरी भने कहिल्यै सुधार्न सकिएन । त्यसैले पनि होला प्लेनबाट झरेपछि के बोल्ने होला र को—सँग बोल्ने होला भनि मनमनै आत्तिएको । साथीहरु भन्थे, उनीहरु त बोलेकै बुझिँदैन, न आफूले बोलेका शब्दहरु सजिलै बुझाउन सकिन्छ । अस्तिको हप्तामात्र कहानी हो, चामल सकिएको थियो । पसल गएँ, मैले खोजेको चामल भेटिनँ र पसलेलाई सोधेँ, यहाँ बास्मती चामल कता होला भनेर । पसलेले बुझ्नुभएन, फेरी दोहो¥याएँ । उहाँले, ‘ओ, बज्माटी ?’ भन्नुभयो । मैले पनि ...