प्रिय साथी...

           तस्विर: एक महिला समुद्रको किनारमा "किताब" पढ्दै 


एक्लो हुँदा, सबैसँग हुँदा

समीपमा तिमि मसँगै हुन्छौ । 

नजिक हुँदा, टाढा कतै जाँदा

प्रायः मेरै छेऊमा रहन्छौै ।

खुसी हुँदा छोड्दैनौ मलाई

दुखी हुँदा त झनै के साथ छोड्थ्यौ र ?

त्यसैले त तिमि मेरो प्रिय साथी ।


म तिमिभित्र बुद्ध देख्ने गर्छु

सोच्छु, म पनि बौद्धिक हुन पाए....

ज्ञान बाँढ्ने त अचेल निकै कम भए 

त्यसैले त तिमि मेरो प्रिय साथी ।


खै, संसार केहीऽऽको पछि दौडिरहेछ

म त तिमिमा नै संसार देख्ने गर्छु

मौनतामा पनि खुसी छु अचेल

बस् तिमी छौ, मेरो प्रिय साथी ।


छाकै टारेर तिमिलाई किनेको छु कैयौँपटक

व्यस्ततामा पनि घोरिने गर्छु तिमिमा 

मान्छेमा भन्दा तिमिमा जीवन देख्छु अचेल

त्यसैले त तिमि मेरो प्रिय साथी ।


Read more:

शुभ यात्रा

सन्देशको बिहे

देशलाई हेरियो, देशले पनि हेरोस्...

हल्लिने पेट

सानोठिमी

Comments

Popular posts from this blog

सानोठिमी

सन्देशको बिहे

दशैँलाई फर्केर हेर्दा