सन्देशको बिहे
(ठट्यौली)
ठूलो हलको एउटा कुनाबाट कसैले भन्यो, “सन्देश, अब तेरो बिहे खानु पर्छ है, छमछम नाच्न पर्छ ।”
आवाज आएतिर फर्केर हेरेँ । अनि, मनमनै सोचेँ, अन्त नाच्न दिँदैनन् कि क्या हो उहाँलाई ?
की त्यस्तो नराम्रो नाच्नुहुँदो रैछ र उहाँ ?
जे सुकै होस्, माया चाहिँ धेरै गर्नुहुँदो रैछ मलाई । आफ्नो नाच देखाउन पनि मेरै बिहे कुर्नपर्ने उहाँलाई ।
फेरी अर्को मनले सोचेँ, उहाँको छोरा पनि त मेरै उमेरको पो हो त । उसको बिहेको लागि चाहिँ किन नाच्न नखोजेको होला फेरी । त्यस्तो नाच्नै मन भए त आफ्नै छोराको बिहेमा नाचे पनि त हुने हो नि ।
तर, यसो भन्दै गर्दा आफूले आफैलाई आफ्नै बिहेदेखि पर भगाउन खोजेको त होइन मैले कतै ?
तर, म नै किन ? उहाँले त अस्ति मेरै उमेरको भाइलाई पनि 'बिहे चाँडै है' भन्दै हुनुहुन्थ्यो क्यार । मैले त मनमनै सोचिसकेर निर्णय पनि गरिसकेँ, उहाँलाई छिट्टै नै कुनै एउटा योग शिविरमा लैजान्छु लैजान्छु । योग शिविरमा ध्यान गर्न मज्जैले सिकाउँछन् । नाच पनि त एक किसिमको योग हो क्यार । योग शिविर जान मन नभएको खण्डमा आफैले हार्मोनियम किनिदिएर सिकाएरै छोड्छु । ताकी साँझ साँझ घरमै भजनमा लीन भई आफूलाई मन पर्ने सङ्गीतमा नाच्न सक्ने बनाउन सकूँ ।
तर साँच्ची, नाच्ने भन्ने त बहाना हो, आफूसँग भएको गरगहना देखाउने चाहना हो । यी शब्द मैरे बिहे गरेको साथीले अस्ति भर्खरको मङ्सिरमा भनेको थियो । खैर हुनेले देखाउन पनि त पाउन पर्यो । बिहे, ब्रतबन्ध भएनन् भने त सुन किनेको पनि के मतलब भयो र ?
समाजमा उत्सव र समारोह गर्नु राम्रो हो । यसका धेरै फाइदाहरु हुन्छन् । तर, तेरो बिहेमा नाच्न आउँछु भन्नुको मतलब आफूँले आफैँलाई निम्तो गरे जस्तो भएन र ? दिनहुँ तेरो बिहेमा नाच्न आउन मन छ भन्नेले, तेरो बिहेमा सहयोग गर्न सकूँ किन भन्दैनन् ? बिहेमा स्वः निम्ता दिनेले अरु आवश्यक कुराहरुमा चासो भने किन देखाउन सक्दैनन् ? जस्तैः भविष्यका चाहना र इच्छाहरु के छन् भनि सोध्ने, अबको १० वर्षमा आफूले आफूलाई कहाँ देख्न खोजेको हो र त्यसका लागि कस्ता परिमार्जनहरु आवश्यक छन् भनि सुझावहरु दिने, आदि कुराहरुमा किन मौन ? महिनामा पाँच पटक नाच्न पाए हुने भन्नुको साटो हौसला दिने मान्छे बनिदिँदा के नै फरक पर्ला र ? उसै त देश अनि समाज अधोगतितिर ढल्किरहँदा उँभो लाग्नतिर हौसला सम्म नदिने ?
हाम्रो उमेरका मान्छे धेरै पाको र जान्ने भैसकेका त छैनन् तर दश बाह्र अघिको यही समाज र अहिलेको समाजमा निकै फरक देख्छु । हुन त फरक हुनु नराम्रो कहाँ हो र ? तर, गहिरिएर सोच्दा के हाम्रो समाज हामीले खोजेजस्तै रोजेजस्तै भइरहेको छ की छैन भन्ने प्रश्न सबैलाई उठ्दो हो जरुर ।
कुरा मिल्यो सन्देश जी।
ReplyDeleteयस्तै यस्तै कुरा त मैले पनि गरेको थिएँ ।न नाच्ने रहर ,गहनाको मतलब । बढदो केटाहरूको योग्यता पूर्ण ठहर्याउनूको भाषा पनि हो - अब यसको बिहे गरिदिनुपर्यो । विश्वविद्यालयले प्रदान गर्ने प्रमाणपत्र भन्दा माथिल्लो कोटीको तक्मा हो ।
ReplyDeleteछिटो गर्नत अनि सुन्नु पर्दैन
ReplyDeleteएकदम सही कुरो गर्नुभयो दाई
ReplyDelete