Posts

हाम्रा बाज्या

Image
सन्देश लामिछाने, नाति २०८३ कार्तिक ७ गते यस लेखमा मेरो मातृभाषा सल्यानी ̸ मध्यपश्चिमेली शब्दहरु पनि प्रयोग गरेको छु, जसले गर्दा बाज्या (बाजे) सँगका दिनहरु अर्गानिक (ठेट) तरिकामा वर्णन गर्न सकूँ ।    तँ कति वर्ष भइस् गरे (रे) ?  “ए दारीवाल । दारी पाल्याउछ, ब्या पनि गर्दैन । तँ कति वर्ष भइस् गरे नि?” यो प्रश्न सुन्नासाथे बाज्याले के कुरा निकाल्नुहुन्छ भन्ने थाहा पाइसक्थेँ, मेरो बिहेको कुरा । बाज्याका अनुसार बिहे गर्ने उमेर २५, घर गृहस्थी गर्ने ५०, र अन्त्यमा वनबास जाने उमेर ७५ थियो ।  बाज्याले यस प्रश्न सोध्नासाथ मैले जिस्किँदै कहिले १५ त कहिले ३० भन्थेँ । १५ भनेँ भने अब १० वर्ष बाँकी छ बिहे गर्न भन्नुहुन्थ्यो, ३० भनेँ भने ओहो, ढिलो भैसक्यो भन्नुहुन्थ्यो । प्रायःजसो १५ भनेका बेला, थैट, १५ होइनस्, १५ वर्षको मान्छेको यति लामा लामा दाह्री हुनै सक्दैनन्, तैँले ढाँटिस् भन्नुहुन्थो । यसैबाट थाहा हुन्छ की बाज्या हिसाबमा मात्रै जान्ने होइन की व्यक्तिगत अवलोकन (कति मात्रामा,  कस्ता किसिमका दाह्री छन्) मा पनि दुरुस्तै हुनुहुन्थ्यो भनेर । बाज्याले हरेक चोटि २५, ५०, र ७५ वर्ष...

युनिभर्सिटिका पहिला दिनहरु

Image
सबैजस्तै म पनि हजार सपनाहरु बोकेर नेपालबाट हिँडेको केटो थिएँ । लामो समय वनपाखा, डाँडाँकाँडाँ, फरक ऋतुहरु, धूलोधूँवा, कोलाहल, साथीभाइ छरछिमेक, अनि पारिवारिक माहोलमा हुर्किएको थिएँ म । अर्कोपट्टि भने निकै फरक छ भन्ने सुनेको थिएँ । ठूलो विमानमा यात्रा गर्न लागेको मेरो पहिलो चोटि थियो । म जान लागेको विश्वविद्यालयमा के भयो भनेर चाहिँ केही समयपछि गन्थनमन्थन गर्नेछु ।  स्कुल पढ्दा अचम्मको बानी लागेको थियो । नेपाली भएर प्रायः हामीलाई शुद्धसँग नेपाली लेख्न नआउने अनि अङ्ग्रजी बोल्न नजान्ने । आउँथ्यो त ठ्याक्कै त्यसको उल्टो, फरररर नेपाली बोल्ने र फिलिलिलि अङ्ग्रेजी लेख्ने । त्यो कमजोरी भने कहिल्यै सुधार्न सकिएन । त्यसैले पनि होला प्लेनबाट झरेपछि के बोल्ने होला र को—सँग बोल्ने होला भनि मनमनै आत्तिएको । साथीहरु भन्थे, उनीहरु त बोलेकै बुझिँदैन, न आफूले बोलेका शब्दहरु सजिलै बुझाउन सकिन्छ । अस्तिको हप्तामात्र कहानी हो, चामल सकिएको थियो । पसल गएँ, मैले खोजेको चामल भेटिनँ र पसलेलाई सोधेँ, यहाँ बास्मती चामल कता होला भनेर । पसलेले बुझ्नुभएन, फेरी दोहो¥याएँ । उहाँले, ‘ओ, बज्माटी ?’ भन्नुभयो । मैले पनि ...

स्वदेशमै बसिस्, असफल भइस्..........

Image
आउनुहोस्, एकजना साथीसँगका कुरा जस्ताका तस्तै ।  साथी:    " स्वदेशमै बसिस्, असफल भइस् । यी शब्द मेरा होइनन्, समाजका हुन् । प्रत्येक दिन समाजका अङ्गहरुले दोहो¥याइरहने अनि सम्झाइरहने वाक्यांश जस्तै भइसकेको छ  यो ।  मैले केही वर्ष अगाडि फलानो कम्पनीको बाइक किनेको थिएँ । बाइक चलाउन थालेको एक दुई हप्तामै त्यही कम्पनीको बाइक जताततै बाटोमा देख्ने गर्न थालेँ । यो अनुभव मैले मात्र होइन, धेरैले पाएका छन् । आफूले प्रयोग गर्ने सामान अरुले पनि धेरै नै प्रयोग गर्ने गरेको जस्तो लाग्दछ । यसलाई अङ्ग्रेजीमा Baader-Meinhof प्रवृत्ति भनिन्छ । अर्थात् अङ्ग्रजीमै frequency illusion र नेपालीमा 'आवृत्ति भ्रम' ।  ठ्याक्कै ‘विदेशिने’ कुरामा पनि यो उत्तिकै मिल्न जान्छ । बिहान उठ्दा बित्तिक्कै मोबाइल चलाइहाल्नु पर्ने मजस्ता तमाम जनसङ्ख्या छ । मोबाइल खोल्नासाथ चाहे त्यो समाचारले होस् वा रिल्सले होस्, “फलाना महिनामा यति लाख मान्छे विदेशिएका छन् ।” सँगसँगै समाचारले यही कुरो दोहो¥याइ रहन्छ, कसैले फेसबुकमा विदेशकै फोटो हाल्छ, चिया पसलमा विदेशकै कुरा हुन्छ, इत्यादि । बारम...

एकै छानामुनि राजा र म

नेपालगञ्जमा काम विशेषले गएको थिएँ । आफ्नै खर्चमा गएको भए पक्कै सस्तो होटल खोजेर बस्ने थिएँ । तर कामका सिलसिलामा गएको हुनाले सोल्टी होटलमै राखे मलाई । पहिलो पहिलो चोटि ठूलो होटल छिर्दा 'डरका माहोल' जस्तो लागिहाल्ने, केही नभएपनि मन आत्तिए जस्तो हुने ।  काउन्टरमा नाम रजिष्टर गरी चाबी लिएँ । सरासर आफ्नो कोठा नम्बरभित्र छिरेँ । भूँइमा झोला राख्दै थचक्क खाटमा बसेँ । खाट पनि यति लचकदार की हिउँमा खुट्टा टेकेझैँ ज्यान दुई इन्च भित्रतिर पस्यो । त्यस्तो लचकता महसुस भएपछि खाटलाई अब खाट भन्न मन परेन । बेड भन्न सुरु गरेँ, मनमनै । हिमाल र जङ्गल जाँदा टेन्ट गाढेर ढुङ्गामाथि सुत्ने गरेको मलाई अब यो बेडमा निन्द्रा नलाग्ला की भन्ने पनि डर पैदा हुन थाल्यो ।  ओहो, पिशाब त फेर्नै पो बिर्सिएको रहेछु । अघि काउन्टरमा ट्वाइलेटलाई रेष्टरुम भन्ने की वासरुम भन्ने भनि अलमलमा परेर सोध्न पनि सकेको थिइनँ । अब त ट्वाइलेट छेवैमा छ । बत्ती बालेर भित्र छिरेँ । कति बास्नादार ट्वाइलेट बरै, मेरो परफ्युमभन्दा पनि सान्दार थियो । न्युरोडमा गएर किनेको सक्कली परफ्युम नक्कली परेछ क्यार । ट्वाइलेटलाई पनि वासरुम भनेर सम्बोध...

मिचाहा प्रजाति

Image
अहिले वनमारा नेपालका लागि मिचाहा वा बाह्य प्रजाति भएको मानिन्छ । पहिला हाम्रामा नभएका कारण अङ्ग्रेजीमा Invasive तथा नेपालीमा मिचाहा भन्ने गरिएको छ ।  विकासक्रम (Evolution) ले मानिस, बाँदरबाट उत्पत्ति भएको भनेर दाबी गरेको छ । यस हिसाबले मानिसपनि कुनै बेला बाँदर तथा अन्य प्रजातिहरुका लागि मिचाहा प्रजाति थियो भन्न सकिने रहेछ । बाँदरपनि कुनै समयमा अन्य कसैका लागि मिचाहा प्रजाति हुँदोहो सायद ।  अहिले जङ्गलकै कुरा गरौँ । बाघले हात्तीलाई मनमनमा मिचाहा सोच्दोहो, हात्तीले चितुवालाई, चितुवाले मानिसलाई......अचेल त मान्छेले मान्छेलाई भनेको पनि धेरै सुनिन्छ । त्यसैगरी समुन्द«ले तराईलाई बाह्य, मिचाहा भन्दोहो, तराईले पहाडलाई, पहाडले हिमाललाई, अनि हिमालले आकाशलाई....सायद नभनेका पनि होलान् । कसले पो सुनेको छ र त्यसो भनेको ? यसो भन्यो होला भन्दै मान्छेले नै त भन्ने हुन् । मान्छे आफैँमा दोषी छन्, अनि मिचाहा पनि ।  Photo: An Osprey nesting on a power line (Credit@  https://birdfact.com/articles/why-do-birds-sit-on-power-lines) प्रकृतिले सधैँजसो नयाँपन खोजिरहेकै हुन्छ । के का लागि नयाँपन...

दशैँलाई फर्केर हेर्दा

Image
दशैँ आउन अब १०० दिन बाँकी भएपछि भित्ते पात्रो मार्फत गन्ती गर्न सुरु हुन्थ्यो । सानैमा घर छाडेका हामी तीन जना (ड्याडी, अङ्कल र म) काठमाडौँ आएका थियौँ । ड्याडीले सायद मनमनै गन्नुहुँदोहो, हामी दुई भने दिन नबिराई गन्ती गथ्यौँ । घर जाने अब भोलिपल्ट जस्तो हुँदा भने रातै भरि निन्द«ा पर्थेन, मलाई आफूुसँग लान छुटाउँछन् की भनेर । घर पुग्न जसोतसो त्यो बेला ३ दिन लाग्थ्यो । घर जान पाउँदा को नै पो खुसी हुँदैन होला र ? हामी तीन पनि त्यति नै खुसी हुन्थ्यौँ । सबैकी आफ्नी आमा घरमै हुनुहुन्थ्यो । गुँदपाक, मीठा चकलेटहरु र कही थान लत्ताकपडा लिएर जाँदा घरमा सबै खुसी हुन्थे । सायद केही नलगेका भएपनि खुसी हुनेथिए । दशैँ आउने, घरका मान्छे आउने, जमघट हुने, अहो, त्यो पो आनन्द । एका बिहानै बाजे नुहाउन जाने, बज्यै पानी लिन जाने, मम्मी घाँस काट्ने जाने । केही बेरमा सबै फर्केर आउँदा पकाउने दाउरा पनि सँगै आउँथ्यो । अनि पाक्न सुरु हुन्थ्यो । बुढापाकाले भन्ने गर्छन् की आगोमा पकाएको सारै मीठो हुने भन्दै । म बुढापाका भैसकेको त थिइन तर राइस कुकरमा भन्दा मीठो भने जरुर पाक्थो । कुनै एकदिन सल्लाह गरेर बिहानै ४ बजेतिर बज्यै,...

बढ्दो बाढीको बर्बादी.....

Image
विज्ञ त म होइन, तर कक्षाकोठामा थोर बहुत पढाई भने अवश्य नै भएको थियो । खैर घटना त घटि नै सकेको छ । हामीले अब दुःख मनाउ बाहेक यो घढीमा केही पनि गर्न सक्ने अवस्था छैन । तर, सिक्न र व्यवहारमा उतार्नका लागि धेरै कुराहरु छन् । अहिले नसिके कहिले ? पानी पर्नु प्राकृतिक कुरा हो । कहिले काहीँ धेरै पानी पर्नु र कहिले पर्दै नपर्नु भने केही अप्राकृतिक कुरा हुन् । त्यसका पछाडि कारण भने पक्कै लुकेका हुन्छन् । बाढीपहिरो आउनुमा सबैभन्दा ठूलो कुरा पानीको श्रोत हो । कति ठूलो पानी पर्यो र कति समयका लागि पर्यो भनि सामान्यतया पानीको मात्राको आंकलन गर्न सकिन्छ । रह्यो पानी कता कता गयो त ? बाढी नआउनका लागि प्रायः जमिन भित्र माटोको सतहहुँदै पानी भित्र पस्नु पर्दछ । अब सोचौँ काठमाडौँमा माटोको सतह कहाँ र कति नै बाँकी होला र ?  अर्को कुरो साँघुरिएको खोलाको बाटो । गाडीको एक लेनको बाटोमा सामान्यतया एउटा मात्र गाडी अटाउँछ । त्यस्तै खोलाको पनि लेन अर्थात् क्षेत्र निर्धारण हुन्छ । आधा लेनको बाटोमा गाडी हिँड्न नसके झैँ खोला पनि ठूलो पानी परेको अवस्थामा ठाउँ खोज्दछ । एक जनाले विवाह गर्छ, सन्तति बढ्दै जाँदा सानो खाटब...