मिचाहा प्रजाति

अहिले वनमारा नेपालका लागि मिचाहा वा बाह्य प्रजाति भएको मानिन्छ । पहिला हाम्रामा नभएका कारण अङ्ग्रेजीमा Invasive तथा नेपालीमा मिचाहा भन्ने गरिएको छ । 

विकासक्रम (Evolution) ले मानिस, बाँदरबाट उत्पत्ति भएको भनेर दाबी गरेको छ । यस हिसाबले मानिसपनि कुनै बेला बाँदर तथा अन्य प्रजातिहरुका लागि मिचाहा प्रजाति थियो भन्न सकिने रहेछ । बाँदरपनि कुनै समयमा अन्य कसैका लागि मिचाहा प्रजाति हुँदोहो सायद । 

अहिले जङ्गलकै कुरा गरौँ । बाघले हात्तीलाई मनमनमा मिचाहा सोच्दोहो, हात्तीले चितुवालाई, चितुवाले मानिसलाई......अचेल त मान्छेले मान्छेलाई भनेको पनि धेरै सुनिन्छ । त्यसैगरी समुन्द«ले तराईलाई बाह्य, मिचाहा भन्दोहो, तराईले पहाडलाई, पहाडले हिमाललाई, अनि हिमालले आकाशलाई....सायद नभनेका पनि होलान् । कसले पो सुनेको छ र त्यसो भनेको ? यसो भन्यो होला भन्दै मान्छेले नै त भन्ने हुन् । मान्छे आफैँमा दोषी छन्, अनि मिचाहा पनि । 

Photo: An Osprey nesting on a power line (Credit@ https://birdfact.com/articles/why-do-birds-sit-on-power-lines)

प्रकृतिले सधैँजसो नयाँपन खोजिरहेकै हुन्छ । के का लागि नयाँपन भन्दा आफूलाई आफूले आफ्नै पुरानो स्वरुपमा फिर्ता ल्याउनका लागि गरिने नयाँपन । प्रकृतिमा सबैतिर राम्रैसँग सह–अस्तित्व चलिरहेकै हुन्छ । तर खोजि गर्दै जाँदा मानिसबाहेक अरु दोषी कोही छैनन् । मान्छेहरु देशव्यापी आफैँमा निकै हानिकारक रहिआएका छन् । आशा गरौँ, मानिसभित्रका विध्वंसकारी मानिसहरु मिचाहा प्रजाति भएर नआऊन् ...............

Comments

Popular posts from this blog

सानोठिमी

सन्देशको बिहे

दशैँलाई फर्केर हेर्दा