अलविदा.....
यो एक जङ्गली जनावरको परिवारको कथा हो । एकाबिहानै आज उसकी आमालाई कुनै गाडीले ठक्कर हानी घाइते बनाएको थियो । सडकको किनारमा रगतका थोपाहरु चुहाएकी आमा सिधै गएर दलदलमा फसेकी थिई । भाग्य पनि कति उराठलाग्दो, त्यही गिलो माटोको दलदलमा फस्न पुगेकी । करिब ४ – ५ महिनाका जस्ता देखिने उसका दुई बच्चाहरु आमाका समीपमा गई बसेका थिए । बिचरा न त बोल्न सक्दथे, न त दलदलबाट निकाल्न नै सामथ्र्य राख्दथे । सक्थे त केबल मलिन अनुहारले आमालाई हेर्न । उनीहरुका आँखामा आमाप्रति अपार माया देखिन्थ्यो । आमाका आँखामा उनीहरुप्रतिम ममता । अझ यो अवस्थामा त झन् धेरै ममता । सबेरै टेन्टबाट निस्किएर हामी काममा जाँदै थियौँ । त्यतिबेला करिब बिहानको ६ः३० बजेको हुँदो हो । एकैछिन गाडीमा के बसेका थियौँ, त्यस ठाउँमा पुग्यौँ । गाडी रोक्यौँ र एकछिन नियाल्यौँ निरन्तर । सुरुमा त जनावर देखेर खुसी भएका थियौँ । तर हाम्रो खुसी लामो समयसम्म टिक्न सकेन । हामीपनि उसका बाच्छाहरुजस्तै भएका थियौँ, केही गर्न नसक्ने । बाच्छा र हामीमा केबल बोल्न सक्ने क्षमताको मात्र फरक थियो । त्यसैले हामीले उद्दारका लागि भने खबरसम्म गर्न सक्यौँ । त्यसपछि आफ्ना क...