Posts

प्रिय साथी...

Image
            तस्विर: एक महिला समुद्रको किनारमा "किताब" पढ्दै   एक्लो हुँदा, सबैसँग हुँदा समीपमा तिमि मसँगै हुन्छौ ।  नजिक हुँदा, टाढा कतै जाँदा प्रायः मेरै छेऊमा रहन्छौै । खुसी हुँदा छोड्दैनौ मलाई दुखी हुँदा त झनै के साथ छोड्थ्यौ र ? त्यसैले त तिमि मेरो प्रिय साथी । म तिमिभित्र बुद्ध देख्ने गर्छु सोच्छु, म पनि बौद्धिक हुन पाए.... ज्ञान बाँढ्ने त अचेल निकै कम भए  त्यसैले त तिमि मेरो प्रिय साथी । खै, संसार केहीऽऽको पछि दौडिरहेछ म त तिमिमा नै संसार देख्ने गर्छु मौनतामा पनि खुसी छु अचेल बस् तिमी छौ, मेरो प्रिय साथी । छाकै टारेर तिमिलाई किनेको छु कैयौँपटक व्यस्ततामा पनि घोरिने गर्छु तिमिमा  मान्छेमा भन्दा तिमिमा जीवन देख्छु अचेल त्यसैले त तिमि मेरो प्रिय साथी । Read more: शुभ यात्रा सन्देशको बिहे देशलाई हेरियो, देशले पनि हेरोस्... हल्लिने पेट सानोठिमी

शुभ यात्रा.....

Image
यदि तपाईं सुमो चढ्ने गर्नुभएको छ भने, यो तपाईंको लागि नौलो भने नहुन पनि सक्छ । लामो रुटमा चल्ने, सानो सुमो गाडीको तस्बिर हो यो । यहाँ गाडी कसले चलाइरहेको होला भन्न नसकिने पनि अवस्था छ ।  यो वर्षायाममा कैयौँ घटनाहरु घटे । कति घट्नबाट बचे पनि होलान् । कैयौँ कारणहरुमध्ये बढी मान्छे  राख्नु यो एउटा प्रमुख कारण हो । सामान्यतया त्यो दुई जनाको सिटमा पाँच जनाको टाउको देखिन्छ । पछाडि पनि हामी त्यति नै धेरै छौँ, कोचाकोच अवस्थामा । कठै भन्न बाहेक यात्रुका हातमा केही हुँदैन  । चालकलाई यस बारेमा भन्यो भने बिच बाटैमा झारिदिन्छन् । अलि नम्र चालक रहेछन् भने मिलेर जाऔँ न भन्छन् । “वसुधैव कुटुम्बकम्”, मिलेरै जानुपर्यो । केही समय अगाडि एकजना मेरो साथीले मान्छे धेरै राखिएको भनि सम्बन्धित निकायमा फोन पनि घुमाएको थियो । के गर्नु, मजाकको पात्र भयो बिचरा । सबैको हालीमुहालीमा, मामुली एक सर्वसाधारणको कुरा सुन्ने कसले ? यात्रुले यात्रुलाई नै उल्लु बनाउँछन् ।  यो ११ घन्टे यात्रापछि चालकलाई धन्यवाद बाहेक केही भन्न सकिनँ । अर्को पटक फेरी यसै गरी चढ्नु नै छ । त्यसैले त तलका हरफहरु याद आएः...

देशलाई हेरियो, देशले पनि हेरोस्....

Image
 "मन बिनाको धन ठूलो की धन बिनाको मन........" "कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फुल्ने बेलामा........." प्रायः बिहानैपख, आँखाहरु यिनै गीतहरुले खुल्ने गर्दछन् । कतिपय चोकहरुमा बज्ने यी गीतहरु, लगभग सबैलाई याद हुने रहेछन् । गीतहरु मात्रै किन, हामीलाई त यी गीत गाउने मान्छे पनि याद छन् । ठूलो स्पीकर, हातमा एउटा सहयोगी लौरो, प्रायः सबैसँग आँखामा लगाउने चस्मा, अनि सुमधुर गीत । धेरैजसो आँखामा समस्या परेका मान्छे देखिन्छन् । बेलैमा स्वास्थ्य सेवा अथवा अन्य सहयोग पाएका भए आज प्रायः मज्जाले हिँडडुल गर्न सक्थे सायद । अहिले पनि कतिपय बिरामी त आँखा अथवा अन्य अङ्गहरुको बेलैमा उपचार नपाएर अहिले हिँडडुल पनि गर्न सक्ने अवस्थामा छैनन् । कोही हिँडडुल गर्न सक्ने अवस्थामा भएपनि कामको खोजीमा सहयोगीका साथमा यताउता जानुपर्ने बाध्यता छ । काठमाडौँको बसाई, सबैलाई एउटै महङ्गी न हो । अलिकति बस्ने छतको रकम केही तल माथि त पक्कै छ, तर बाँकी ? बाँकी त सबै समान न हो । आफ्ना गाउँ ठाउँमा कसैले नहेरेपछि काठमाडौँ तथा ठूला सहरमा जानुभन्दा बाहेक अरु समाधान के थियो होला र ?            ...

प्रिय Arend दाई.....

Image
पहिलो चोटि म चरा हेर्न गएको २०१४ मा हो । नेपाल पंक्षी संरक्षण संघको आयोजनामा एक दिने चरा भ्रमणमा गोदावरीदेखि पनौतीसम्म चरा अवलोकन गर्नका निम्ति हिँडेका हामीले धेरै चराहरु हेर्ने मौका पाएका थियौँ । तर, म नयाँ भएका कारण मैले चराको च चिन्न त के भेट्टाउन पनि सकेको थिइनँ । चराको किताब र दूरबिनको महत्त्व मलाई त्यसबेला लागेको थियो ।  आफूसँग चाहिने सामग्री नभएका कारण म त्यसपछि महिनौँ हराएँ । २०१५ तिर साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेशनले चन्द्रागिरीमा एक महिने वन्यजन्तुको फिल्ड सर्भे योजनामा म पनि दुई मध्ये एक स्वयंसेवकको रुपमा काम गर्ने मौका पाएँ । बिहान चरा हेर्ने र चिन्ने, तथा चरा सँगसँगै अरु बन्यजन्तु पनि नछुटाउने, साथै साँझमा जङ्गलमा क्यामरा ट्रयाप राख्ने कामले थुप्रै काम सिकेको अनुभूति भएको थियो । आफ्नै दूरबिन झुण्ड्याउन अनि आफैँले चरा चिन्न निकै सहज हुन थालेको थियो । हरि बस्नेत दाई, हेम बहादुर कटुवाल दाई र कञ्चन पराजुली दाईले संस्थाको तर्फबाट उपहार दिएको चराको किताबले मलाई झन् हौस्याएको थियो । अब बाँकी थियो आफ्नो दूरबिन किन्न । विद्यार्थी कालमा त्यस्तो महङ्गो क...

Sanothimi

Image
Friday, the sixth day of the week, arrived. Almost every Friday and Saturday of the year, I used to go to my maternal home, Sanothimi in Bhaktapur. I first visited Kathmandu when I was three years old. I can't remember anything, but I've filled my photo album with lovely photos of myself with my mum and dad. Still, when I want to see pictures of cute children, I go through the same photo album and look at my own pictures. After visiting Kathmandu, I returned to Salyan, my birthplace. Exactly a year later, I moved to Kathmandu to study. Several memories remain vivid in my mind from this point forward. Daddy had admitted me to Birat Boarding School. We rented two rooms. Three of us used to live there: daddy, uncle, and 'Cute Baby' myself. My mother's job was in Salyan, so we only saw her during Dashain (one of Nepal's largest festivals). I felt like my childhood had flown by so quickly. I used to eat, play, pretend to read, and cry over small things. I made ...

हल्लिने पेट

अब त अति नै भयो । यो पेटले पनि हैरान बनायो । यो डल्लो पनि कस्तो अचम्मको, कताबाट निस्किन्छ निस्किन्छ । आँखा कमजोर भएका त होइनन् तर अचेल मेरा सल्बलाउँदा आँखाले आफ्नै खुट्टा पनि देख्न छाडे । यो बेइमानी बडेमानको पेट कतै धितो राख्न मिल्ने व्यवस्था भए पनि हुने नि । " अघि अघि पेट, पछि पछि सन्देश " भन्ने नाराका साथ बिहानै हिँड्न जाने निधो गरियो । तिनकुनेदेखि सिनामंगल, एयरपोर्ट हुँदै पशुपतिसम्म पुगेर त्यही बाटो हल्लिने निर्णय गरेँ । त्यो निर्णय मेरा टोल छिमेकदेखि नातागोता सबैले थाहा पनि पाए । मैले नै भनेको हुँ । छिटै फुर्किने बानी छ सायद ।  पहिले एकचोटी पनि यस्तै सोच आएको थियो, त्यसैले हल्लिने पेट लिएर गएको थिएँ । त्यो बेला पशुपतिसम्मैै दौडिने मनमनै बाचा गरेतापनि एयरपोर्ट अगाडिको अँध्यारोमा खुट्टा नै मड्किएर बसमा फर्किएको थिएँ । घरबाट हल्लिने पेट लिएर गएको म, घस्रने जन्तु बनेर फिर्ता आएको नमिठो स्मरण छ ।  खैर, आज पुगेर आएँ । रमाइलो संयोग के भयो भने, कुद्न खोज्ने सबै, हल्लिने पेटका साथ उपस्थित थिए । यी सबै आजै आएका हुन् या सधैँ आइरहन्छन् भन्ने प्रश्नहरु भने अझैँ अनुत्तरित नै रहन पुगे...

हतार

यात्रु हतारमै ड्राइभर हतारमै कर्मचारी हतारमै सेवाग्राही हतारमै डाक्टर हतारमै बिरामी हतारमै जगत हतारमै ।  जो, जति हतारमै किन नहून् चाँडो पुग्न सकेको कोही देखिनँ ।  धेरै टाढा भयो की गन्तव्य शायद  सुस्तरी हिँड्ने अहँ, कोही भेटिनँ ।