Posts

Showing posts from September, 2024

बढ्दो बाढीको बर्बादी.....

Image
विज्ञ त म होइन, तर कक्षाकोठामा थोर बहुत पढाई भने अवश्य नै भएको थियो । खैर घटना त घटि नै सकेको छ । हामीले अब दुःख मनाउ बाहेक यो घढीमा केही पनि गर्न सक्ने अवस्था छैन । तर, सिक्न र व्यवहारमा उतार्नका लागि धेरै कुराहरु छन् । अहिले नसिके कहिले ? पानी पर्नु प्राकृतिक कुरा हो । कहिले काहीँ धेरै पानी पर्नु र कहिले पर्दै नपर्नु भने केही अप्राकृतिक कुरा हुन् । त्यसका पछाडि कारण भने पक्कै लुकेका हुन्छन् । बाढीपहिरो आउनुमा सबैभन्दा ठूलो कुरा पानीको श्रोत हो । कति ठूलो पानी पर्यो र कति समयका लागि पर्यो भनि सामान्यतया पानीको मात्राको आंकलन गर्न सकिन्छ । रह्यो पानी कता कता गयो त ? बाढी नआउनका लागि प्रायः जमिन भित्र माटोको सतहहुँदै पानी भित्र पस्नु पर्दछ । अब सोचौँ काठमाडौँमा माटोको सतह कहाँ र कति नै बाँकी होला र ?  अर्को कुरो साँघुरिएको खोलाको बाटो । गाडीको एक लेनको बाटोमा सामान्यतया एउटा मात्र गाडी अटाउँछ । त्यस्तै खोलाको पनि लेन अर्थात् क्षेत्र निर्धारण हुन्छ । आधा लेनको बाटोमा गाडी हिँड्न नसके झैँ खोला पनि ठूलो पानी परेको अवस्थामा ठाउँ खोज्दछ । एक जनाले विवाह गर्छ, सन्तति बढ्दै जाँदा सानो खाटब...

The Last Hug.....

Image
It is the story of a family of a wild mammal. His mother was hit and injured by a vehicle early this morning. The mother, who was bleeding at the side of the road, got trapped in the swamp. What a terrible fate she had. Her two infants, who appeared about 4 – 5 months old, sat next to their mother. The poor calves could neither speak nor get her out of the swamp. He could see his mother with a poor face. Their eyes were full of affection for their mother. Her eyes reflected her love for them, even more in this situation. It was approximately 6:30 a.m. We left the tent early in the morning and went to work. After a few moments, we stopped by. We stopped the car and watched for a moment. At first, we were happy to see this mammal. However, our happiness did not last long. We were like his calves, unable to do anything. The only difference between the calf and us was we were able to speak. We were able to report to the rescue. Then we followed our work and walked to the forest. He had n...

अलविदा.....

Image
यो एक जङ्गली जनावरको परिवारको कथा हो । एकाबिहानै आज उसकी आमालाई कुनै गाडीले ठक्कर हानी घाइते बनाएको थियो । सडकको किनारमा रगतका थोपाहरु चुहाएकी आमा सिधै गएर दलदलमा फसेकी थिई । भाग्य पनि कति उराठलाग्दो, त्यही गिलो माटोको दलदलमा फस्न पुगेकी । करिब ४ – ५ महिनाका जस्ता देखिने उसका दुई बच्चाहरु आमाका समीपमा गई बसेका थिए । बिचरा न त बोल्न सक्दथे, न त दलदलबाट निकाल्न नै सामथ्र्य राख्दथे । सक्थे त केबल मलिन अनुहारले आमालाई हेर्न । उनीहरुका आँखामा आमाप्रति अपार माया देखिन्थ्यो । आमाका आँखामा उनीहरुप्रतिम ममता । अझ यो अवस्थामा त झन् धेरै ममता ।  सबेरै टेन्टबाट निस्किएर हामी काममा जाँदै थियौँ । त्यतिबेला करिब बिहानको ६ः३० बजेको हुँदो हो । एकैछिन गाडीमा के बसेका थियौँ, त्यस ठाउँमा पुग्यौँ । गाडी रोक्यौँ र एकछिन नियाल्यौँ निरन्तर । सुरुमा त जनावर देखेर खुसी भएका थियौँ । तर हाम्रो खुसी लामो समयसम्म टिक्न सकेन । हामीपनि उसका बाच्छाहरुजस्तै भएका थियौँ, केही गर्न नसक्ने । बाच्छा र हामीमा केबल बोल्न सक्ने क्षमताको मात्र फरक थियो । त्यसैले हामीले उद्दारका लागि भने खबरसम्म गर्न सक्यौँ । त्यसपछि आफ्ना क...

प्रिय साथी...

Image
            तस्विर: एक महिला समुद्रको किनारमा "किताब" पढ्दै   एक्लो हुँदा, सबैसँग हुँदा समीपमा तिमि मसँगै हुन्छौ ।  नजिक हुँदा, टाढा कतै जाँदा प्रायः मेरै छेऊमा रहन्छौै । खुसी हुँदा छोड्दैनौ मलाई दुखी हुँदा त झनै के साथ छोड्थ्यौ र ? त्यसैले त तिमि मेरो प्रिय साथी । म तिमिभित्र बुद्ध देख्ने गर्छु सोच्छु, म पनि बौद्धिक हुन पाए.... ज्ञान बाँढ्ने त अचेल निकै कम भए  त्यसैले त तिमि मेरो प्रिय साथी । खै, संसार केहीऽऽको पछि दौडिरहेछ म त तिमिमा नै संसार देख्ने गर्छु मौनतामा पनि खुसी छु अचेल बस् तिमी छौ, मेरो प्रिय साथी । छाकै टारेर तिमिलाई किनेको छु कैयौँपटक व्यस्ततामा पनि घोरिने गर्छु तिमिमा  मान्छेमा भन्दा तिमिमा जीवन देख्छु अचेल त्यसैले त तिमि मेरो प्रिय साथी । Read more: शुभ यात्रा सन्देशको बिहे देशलाई हेरियो, देशले पनि हेरोस्... हल्लिने पेट सानोठिमी

शुभ यात्रा.....

Image
यदि तपाईं सुमो चढ्ने गर्नुभएको छ भने, यो तपाईंको लागि नौलो भने नहुन पनि सक्छ । लामो रुटमा चल्ने, सानो सुमो गाडीको तस्बिर हो यो । यहाँ गाडी कसले चलाइरहेको होला भन्न नसकिने पनि अवस्था छ ।  यो वर्षायाममा कैयौँ घटनाहरु घटे । कति घट्नबाट बचे पनि होलान् । कैयौँ कारणहरुमध्ये बढी मान्छे  राख्नु यो एउटा प्रमुख कारण हो । सामान्यतया त्यो दुई जनाको सिटमा पाँच जनाको टाउको देखिन्छ । पछाडि पनि हामी त्यति नै धेरै छौँ, कोचाकोच अवस्थामा । कठै भन्न बाहेक यात्रुका हातमा केही हुँदैन  । चालकलाई यस बारेमा भन्यो भने बिच बाटैमा झारिदिन्छन् । अलि नम्र चालक रहेछन् भने मिलेर जाऔँ न भन्छन् । “वसुधैव कुटुम्बकम्”, मिलेरै जानुपर्यो । केही समय अगाडि एकजना मेरो साथीले मान्छे धेरै राखिएको भनि सम्बन्धित निकायमा फोन पनि घुमाएको थियो । के गर्नु, मजाकको पात्र भयो बिचरा । सबैको हालीमुहालीमा, मामुली एक सर्वसाधारणको कुरा सुन्ने कसले ? यात्रुले यात्रुलाई नै उल्लु बनाउँछन् ।  यो ११ घन्टे यात्रापछि चालकलाई धन्यवाद बाहेक केही भन्न सकिनँ । अर्को पटक फेरी यसै गरी चढ्नु नै छ । त्यसैले त तलका हरफहरु याद आएः...