शून्यता
नजिकैका खेत र बारी
हरेक महिना हरेक बार
खुसी थियो सानो परिवार ।
बढ्दै गयो सबैको उमेर
हुर्किंदै गए चाहनाहरू
कोर्दै जीवनका पानाहरू
जिन्दगी आखिर आफ्नो भाग खानु त रहेछ ।
लागिन् छोरी बिहे घरतिर
छोरो पस्यो शहर बजारतिर
बुवाआमा, घरखेत, पाखा पखेराले
ऊ बेला दशैं कुर्थे अरे
हेर्दै छोराछोरीको बाटो अरे ।
उनीहरु तारा बने भन्छ नाति अचेल
घर खाली, खेत खाली
घर वरपर लस्करै झाडी ।
शून्यता छाएका यिनीहरू अचेल
कुर्दैछन् मजस्तै बटुवाहरु
लालायित छन् यिनिका कानहरु अरे,
बस् भनिदिने कोही होस्
आहा कति राम्रो 'घर' भनि ।
-सन्देश लामिछाने
Comments
Post a Comment