Posts

Showing posts from October, 2024

मिचाहा प्रजाति

Image
अहिले वनमारा नेपालका लागि मिचाहा वा बाह्य प्रजाति भएको मानिन्छ । पहिला हाम्रामा नभएका कारण अङ्ग्रेजीमा Invasive तथा नेपालीमा मिचाहा भन्ने गरिएको छ ।  विकासक्रम (Evolution) ले मानिस, बाँदरबाट उत्पत्ति भएको भनेर दाबी गरेको छ । यस हिसाबले मानिसपनि कुनै बेला बाँदर तथा अन्य प्रजातिहरुका लागि मिचाहा प्रजाति थियो भन्न सकिने रहेछ । बाँदरपनि कुनै समयमा अन्य कसैका लागि मिचाहा प्रजाति हुँदोहो सायद ।  अहिले जङ्गलकै कुरा गरौँ । बाघले हात्तीलाई मनमनमा मिचाहा सोच्दोहो, हात्तीले चितुवालाई, चितुवाले मानिसलाई......अचेल त मान्छेले मान्छेलाई भनेको पनि धेरै सुनिन्छ । त्यसैगरी समुन्द«ले तराईलाई बाह्य, मिचाहा भन्दोहो, तराईले पहाडलाई, पहाडले हिमाललाई, अनि हिमालले आकाशलाई....सायद नभनेका पनि होलान् । कसले पो सुनेको छ र त्यसो भनेको ? यसो भन्यो होला भन्दै मान्छेले नै त भन्ने हुन् । मान्छे आफैँमा दोषी छन्, अनि मिचाहा पनि ।  Photo: An Osprey nesting on a power line (Credit@  https://birdfact.com/articles/why-do-birds-sit-on-power-lines) प्रकृतिले सधैँजसो नयाँपन खोजिरहेकै हुन्छ । के का लागि नयाँपन...

दशैँलाई फर्केर हेर्दा

Image
दशैँ आउन अब १०० दिन बाँकी भएपछि भित्ते पात्रो मार्फत गन्ती गर्न सुरु हुन्थ्यो । सानैमा घर छाडेका हामी तीन जना (ड्याडी, अङ्कल र म) काठमाडौँ आएका थियौँ । ड्याडीले सायद मनमनै गन्नुहुँदोहो, हामी दुई भने दिन नबिराई गन्ती गथ्यौँ । घर जाने अब भोलिपल्ट जस्तो हुँदा भने रातै भरि निन्द«ा पर्थेन, मलाई आफूुसँग लान छुटाउँछन् की भनेर । घर पुग्न जसोतसो त्यो बेला ३ दिन लाग्थ्यो । घर जान पाउँदा को नै पो खुसी हुँदैन होला र ? हामी तीन पनि त्यति नै खुसी हुन्थ्यौँ । सबैकी आफ्नी आमा घरमै हुनुहुन्थ्यो । गुँदपाक, मीठा चकलेटहरु र कही थान लत्ताकपडा लिएर जाँदा घरमा सबै खुसी हुन्थे । सायद केही नलगेका भएपनि खुसी हुनेथिए । दशैँ आउने, घरका मान्छे आउने, जमघट हुने, अहो, त्यो पो आनन्द । एका बिहानै बाजे नुहाउन जाने, बज्यै पानी लिन जाने, मम्मी घाँस काट्ने जाने । केही बेरमा सबै फर्केर आउँदा पकाउने दाउरा पनि सँगै आउँथ्यो । अनि पाक्न सुरु हुन्थ्यो । बुढापाकाले भन्ने गर्छन् की आगोमा पकाएको सारै मीठो हुने भन्दै । म बुढापाका भैसकेको त थिइन तर राइस कुकरमा भन्दा मीठो भने जरुर पाक्थो । कुनै एकदिन सल्लाह गरेर बिहानै ४ बजेतिर बज्यै,...