प्रिय Arend दाई.....
पहिलो चोटि म चरा हेर्न गएको २०१४ मा हो । नेपाल पंक्षी संरक्षण संघको आयोजनामा एक दिने चरा भ्रमणमा गोदावरीदेखि पनौतीसम्म चरा अवलोकन गर्नका निम्ति हिँडेका हामीले धेरै चराहरु हेर्ने मौका पाएका थियौँ । तर, म नयाँ भएका कारण मैले चराको च चिन्न त के भेट्टाउन पनि सकेको थिइनँ । चराको किताब र दूरबिनको महत्त्व मलाई त्यसबेला लागेको थियो । आफूसँग चाहिने सामग्री नभएका कारण म त्यसपछि महिनौँ हराएँ । २०१५ तिर साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेशनले चन्द्रागिरीमा एक महिने वन्यजन्तुको फिल्ड सर्भे योजनामा म पनि दुई मध्ये एक स्वयंसेवकको रुपमा काम गर्ने मौका पाएँ । बिहान चरा हेर्ने र चिन्ने, तथा चरा सँगसँगै अरु बन्यजन्तु पनि नछुटाउने, साथै साँझमा जङ्गलमा क्यामरा ट्रयाप राख्ने कामले थुप्रै काम सिकेको अनुभूति भएको थियो । आफ्नै दूरबिन झुण्ड्याउन अनि आफैँले चरा चिन्न निकै सहज हुन थालेको थियो । हरि बस्नेत दाई, हेम बहादुर कटुवाल दाई र कञ्चन पराजुली दाईले संस्थाको तर्फबाट उपहार दिएको चराको किताबले मलाई झन् हौस्याएको थियो । अब बाँकी थियो आफ्नो दूरबिन किन्न । विद्यार्थी कालमा त्यस्तो महङ्गो क...