Posts

Showing posts from May, 2024

सन्देशको बिहे

Image
  (ठट्यौली) ठूलो हलको एउटा कुनाबाट कसैले भन्यो, “सन्देश, अब तेरो बिहे खानु पर्छ है, छमछम नाच्न पर्छ ।” आवाज आएतिर फर्केर हेरेँ । अनि, मनमनै सोचेँ, अन्त नाच्न दिँदैनन् कि क्या हो उहाँलाई ?  की त्यस्तो नराम्रो नाच्नुहुँदो रैछ र उहाँ ?  जे सुकै होस्, माया चाहिँ धेरै गर्नुहुँदो रैछ मलाई । आफ्नो नाच देखाउन पनि मेरै बिहे कुर्नपर्ने उहाँलाई ।  फेरी अर्को मनले सोचेँ, उहाँको छोरा पनि त मेरै उमेरको पो हो त । उसको बिहेको लागि चाहिँ किन नाच्न नखोजेको होला फेरी । त्यस्तो नाच्नै मन भए त आफ्नै छोराको बिहेमा नाचे पनि त हुने हो नि ।  तर, यसो भन्दै गर्दा आफूले आफैलाई आफ्नै बिहेदेखि पर भगाउन खोजेको त होइन मैले कतै ?  तर, म नै किन ? उहाँले त अस्ति मेरै उमेरको भाइलाई पनि ' बिहे चाँडै है ' भन्दै हुनुहुन्थ्यो क्यार । मैले त मनमनै सोचिसकेर निर्णय पनि गरिसकेँ, उहाँलाई छिट्टै नै कुनै एउटा योग शिविरमा लैजान्छु लैजान्छु । योग शिविरमा ध्यान गर्न मज्जैले सिकाउँछन् । नाच पनि त एक किसिमको योग हो क्यार । योग शिविर जान मन नभएको खण्डमा आफैले हार्मोनियम किनिदिएर सिकाएरै छोड्छु । ताकी साँ...