Posts

Showing posts from March, 2024

Lingcho: A Horrific Existence

Image
This story describes the situation of fieldwork in 2019. I was able to participate in the snow leopard research team that Shey Phoksundo National Park and WWF Nepal were working on together. I was overjoyed. I was in the field studying snow leopards for the second time, following my bachelor's thesis in 2018. We left Kathmandu for Dolpa just a few days after our main festival, Dashain. We left for Jumla the next day, after a one-day interaction program in Nepalganj. I had to travel through Jumla to reach my work block in Jagdgulla. Despite being from Karnali, I have never had the opportunity to visit the western Himalayas. My grandfather tells me that some of my ancestors moved from Jumla to Salyan before 13 generations. I was overjoyed to see where my ancestors were born.  My friend Amrit, my senior Purnaman, and I were the three people assigned to work in the Jagdulla block of Shey Phoksundo National Park. When we arrived in Jumla, we were served a meal made of Marsi rice, which ...

गाउँघर

Image
एकजना साथी छ, हप्तामा दुई चोटि भेटिरहने। कहिले म उसकोमा जाने, कहिले ऊ मेरोमा आउने, चलिरहन्छ। एकदिन चिया गफमा उसले आफ्नो गाउँ घुम्न लैजाने बाचा गर्यो। नयाँ ठाउँ घुम्न पाउने, म पनि राजी खुसी ओके भएँ। उसको गाउँ थियो, 'मेलम्ची' । एकदिन दुवैको विदा पारेर लाग्यौं, उसको गाउँतिर । मस्तले बस्दै बस्दै मेलम्ची पुग्यौँ। त्यहाँ पुगेपछि त एक कप चियाको चुस्की त लिनै पर्यो। जाडो जाडो भएकाले घाम आउने टेबल रोजेर बसेका थियौँ। वल्लो छेउमा बसिरहेका हामी, पल्लो कुनाबाट कोही मान्छे गाउँ जाने कुरो हुँदै रहेछ। आफ्ना साना कान ठडिने मौका पाइहाले। 'टिम्बु' गाउँ जाने कुरो चल्दै रहेछ। हालै नाम चलेको घुम्ने ठाउँका लागि नाम कमाएको 'आमा याङ्ग्री' जाने बाटोमै पर्दो रहेछ त्यो गाउँ। साथीको गाउँ जान भनि हिँडेको म, मेलम्चीका लागि पनि अर्को गाउँ, कस्तो अनौठो। त्यहाँ पनि जान पाए हुँदो हो भन्ने मनमा लाग्यो। सोचेको केही समयमै सँग त्यतै लाग्यौँ, 'टिम्बु' तिर। करिब दुई घण्टामै त्यहाँ पुग्यौँ। निकै जटिल बाटो, केही वर्ष अगाडि मेलम्चीमा आएको बाढीले बाटो जम्मै बगाएर बगर बनाएको रहेछ। 'टिम्बु' म...

धुवाँसरि यो देश

टिनिनिनी क्याम्पसको घण्टी बज्यो, औषधिको समय भएछ क्यारे। मास्क खोलेँ, स्यानिटाइजर लतपत्याएँ हातभरि, खल्तीमा हात घुसारेँ, मेरो औषधि थियो त्यहाँ, 'चुरोट'! सल्काएँ, धुवाँ तानेँ अनि फालेँ निरन्तर, सायद फोक्सोले बदलिसक्यो होला आफ्नो रंग, छातीमा घुमिरहन्छ पानीघट्ट, खल्तीबाट लक्ष्मीले बसाइसरिन्, अनि, खल्तीमा आइबस्यो यो औषधि: चुरोट र सलाई। यतिमा पनि मलाई गर्व लाग्छ, मेरो चुरोटबाट निस्कने धुवाँभन्दा 'बा १ ख' का गाडीबाट निस्कने धुवाँकै घनत्व बढी छ, मेरो चुरोट तिमीलाई सलाम छ। देश र आफैँलाई दाजिँरहदा  हावामा अनौठो व्यङ्ग्य मडारिन्छ।  मैले उत्सर्जन गरेको धुवाँ सगरमाथा पगाल्दै छ रे सगरमाथासँगको साथ छोड्दैछ रे हिउँले। असह्य आँसु बगाए जसरी पग्लिरहेछन् कालान्तरमा ती आँसुले मलाई नै पोल्नेछन् अरे। मैले निर्वस्त्र पारेको हिमाललाई अझ क्रूरतापूर्वक कोतर्न प्रयत्नशील छु म। समय मलाई दिइरहेछ चुनौती ममा तागत छैन प्रतिकार गर्ने हो, अब त ती चुरोटका ठुटाहरुले मात्र मलाई मृत्यु दिन सक्छन्। मेरा बाबाको खल्ती र मेरो वालेट एकैसाथ रित्तिएका छन्। नरित्याएको भए खल्ती र वालेट, कञ्चनजंघामा हिउँ टलक्क टल्किँद...