Posts

Showing posts from February, 2024

शून्यता

Image
बुवा आमा छोरा छोरी नजिकैका खेत र बारी हरेक महिना हरेक बार खुसी थियो सानो परिवार । बढ्दै गयो सबैको उमेर हुर्किंदै गए चाहनाहरू कोर्दै जीवनका पानाहरू जिन्दगी आखिर आफ्नो भाग खानु त रहेछ । लागिन् छोरी बिहे घरतिर छोरो पस्यो शहर बजारतिर बुवाआमा, घरखेत, पाखा पखेराले ऊ बेला दशैं कुर्थे अरे हेर्दै छोराछोरीको बाटो अरे । बुवा बिते, आमा गइन् उनीहरु तारा बने भन्छ नाति अचेल घर खाली, खेत खाली घर वरपर लस्करै झाडी ।                         शून्यता छाएका यिनीहरू अचेल  कुर्दैछन् मजस्तै बटुवाहरु लालायित छन् यिनिका कानहरु अरे, बस् भनिदिने कोही होस् आहा कति राम्रो 'घर' भनि ।                                                                                              ...

लिङ्चोः एक भयानक विपना

Image
कुरो ५ वर्ष अघि   सन् २०१९ को हो।  शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डब्लुडब्लुएफ नेपालले संयुक्त रूपमा गर्न लागेको हिउँ चितुवाको अध्ययन टोलीमा म पनि अटाउन सफल भएको थिएँ।  म एकदमै उत्साहित थिएँ। हिउँ चितुवाको अध्ययनका लागि फिल्डमा जान लागेको त्यो मेरो दोस्रोचोटि थियो। दसैंको टीका पछिको केही दिनमै हामी काठमाडौंबाट डोल्पाका लागि प्रस्थान गरेका थियौं। नेपालगञ्जमा एकदिने अन्तर्क्रिया कार्यक्रमपछि भोलिपल्ट जुम्लातिर लाग्यौं। म काम गर्ने ब्लक जुम्ला हुँदै डोल्पा छिर्नुपर्ने थियो। म आफू कर्णालीबासी भएता पनि त्यता जाने मौका कहिल्यै पाएको थिइनँ। मेरा केही अगाडिका पूर्खा जुम्लाबाट सल्यान बसाइ सरी आएका थिए रे भन्दै बाजे अझै पनि सुनाउनुहुन्छ। आफ्ना पूर्खा जन्मेका ठाउँ जान पाउँदा म निकै नै खुसी थिएँ।  त्यही ब्लकमा काम गर्ने जिम्मा पाएका हामी तीन जना थियौं , पूर्णमान दाइ , अमृत र म। जुम्ला पुग्नासाथ संसारकै अग्लो स्थानमा फल्ने मार्सी धानबाट कुटाइएको चामलको ख...